कर्मचारी अभावमा वडाको सेवा ठप्प
गोरखाको अजिरकोट गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले सबै सेवा बन्द गरेको छ । कार्यालयले आजबाट सेवा रोकिएको जनाएको छ ।
कार्यालयमा कर्मचारी नभएकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष जंगबहादुर गुरुङ्गले बताए । उनका अनुसार प्रशासन, पञ्जीकरण र सामाजिक सुरक्षा नवीकरणसम्बन्धी कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित छ ।
‘अजिरकोट गाउँपालिका वडा नम्बर ४, सिम्जुङमा कर्मचारी नभएको कारण यस अजिरकोट गाउँपालिका वडा नम्बर ४, सिम्जुङको कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जीकरण र सामाजिक सुरक्षा नवीकरणसम्बन्धीका कार्यहरु यस कार्यालयबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मको लागि सेवा प्रवाह बन्द रहने भएको...’, जारी सूचनामा उल्लेख छ ।
टिप्पणीहरू