कोशीमा भाेलि सार्वजनिक बिदा
कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी जनजाति दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार भोलि बिदा दिइएको जनाएको छ ।
भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्था बन्द रहनेछन् । ‘मिति २०८१–०४–२४ को प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार ३० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा मिति २०८१ साल साउन २५ गते शुक्रबार (९ अगस्ट, २०२४) सार्वजनिक बिदा दिने निर्णय भएको...’, जारी सूचनामा उल्लेख छ ।
उता कर्णाली प्रदेशमा भोलि नागपञ्चमीको उपलक्ष्यमा बिदा दिइएको छ ।
टिप्पणीहरू