उद्योग वाणिज्य महासंघ बिमस्टेक चेम्बर अफ कमर्सको संस्थापक सदस्य

उद्योग वाणिज्य महासंघ बिमस्टेक चेम्बर अफ कमर्सको संस्थापक सदस्य

बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘बिमस्टेक बिजनेज समिट २०२४’ मा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले बिमस्टेक चेम्बर अफ कमर्स गठन गर्ने निर्णय गरेको हो । 

नेपाल उद्योग वाणिज्य महासंघ चेम्बरको संस्थापक सदस्य रहने जनाइएको छ । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले आफुले गत वर्ष प्रस्ताव गरेअनुरुप चेम्बर गठन हुन लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

 

बिमस्टेक चेम्बरको स्थापनापछि यसले स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ । त्यस्तै, भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित आफ्नो कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता मुलुकको वर्णानुक्रमअनुसार पालैपालो गर्ने जनाइएको छ ।
 

टिप्पणीहरू