नागपाेखरीमा मेला, अन्यत्र पूजापाठ

नागपाेखरीमा मेला, अन्यत्र पूजापाठ

श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी मनाइँदै छ । हिन्दु धर्मावलम्बहरुले आज मूलढोकामाथि वा दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गरेका छन् । 

नाग पञ्चमीका दिन नागको फोटोलाई घरको मूलढोकामा टाँसेर पूजा गरेपछि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिने धार्मिक मान्यता छ ।

आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख नागको पूजा गरिन्छ । काठमाडौंको नक्साल नागपोखरीलगायत धेरै स्थानमा मेला लागेको छ ।
 

टिप्पणीहरू