सरकारबाट हटेपछि माओवादी आन्तरिक सक्रियतामा व्यस्त
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्न लागेको छ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक राखिएको छ ।
त्यसअघि आज बिहान ११ बजे माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ । बैठकले दिउँसो बस्ने स्थायी समिति बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।
स्थायी समिति बैठकले समग्र राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्नेछ । बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारबारे पनि छलफल हुने जानकारी दिइएको छ ।
टिप्पणीहरू