सडक भ्वाङ परेपछि बालेनले निकाले टुकुचाको सन्दर्भ

सडक भ्वाङ परेपछि बालेनले निकाले टुकुचाको सन्दर्भ

टुकुचा खोलामाथि बनाइको सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक राति भासिएको हो । 

सडक भासिएपछि महानगरका मेयर बालेन्द्र साह (बालेन) ले खोलामाथि आवश्यकतानुसार पुल बनाउनुपर्छ घर र बाटो होइन भन्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति त सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकताअनुसार खोलामाथि कतै कतै बनाउनुपर्छ, खोलामाथि घर र बाटो होइन ।’

केही समयअघि यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरु गरेको तर अदालती कारणले रोक्नुपरेको उनले दाबी गरेका छन् । मेयर साहका अनुसार अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानूनबमोजिम लगत कट्टा गर्न महानगरले सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको छ । 

‘सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ । यसपश्चात् खोला खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउनेछ,’ मेयरले लेखेका छन् ।
 

टिप्पणीहरू