विदेश पठाइने कर्मचारीको सूचीमा धमाधम रेजा लगाईंदै
परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न मुलुकको निम्ति मिसनहरुमा खटाइने कर्मचारीको गृहकार्य थालेको छ । प्रत्येक वर्ष साउन र माघ महिनामा गरिने कर्मचारीको विदेश पोष्टिङका लागि धमाधम नाम छान्ने,तान्ने र फाल्ने काम भइरहेको बताइन्छ ।
नायवसुब्बा,शाखा अधिकृत र उपसचिव सरहका झण्डै ३० जना कर्मचारीको एउटै लटमा सरुवा गर्न लागिएको छ । हाल दक्षिण अफ्रिका,बेलायत,युएई र साउदी अरेबियास्थित नेपाली दूतावासमा उपसचिवहरु रिक्त भएको स्रोतले बतायो ।
विभिन्न दूतावास,महावाणिज्य दूतावास र राष्ट्र संघीय कार्यालयमा तोकिएको अवधि पूरा गरेका र विभिन्न कारणले स्वदेश तान्नुपर्ने कर्मचारीलाई वर्षको दुई पटक हुने गरेको सरुवामा मन्त्रालयमा ल्याइन्छ । त्यसपछि केहीलाई राहदानी, कन्सुलर विभागलगायत निकायमा खटाउने गरिएको छ ।
टिप्पणीहरू