नेपाली नागरिकता त्याग्ने पनि टन्नै

नेपाली नागरिकता त्याग्ने पनि टन्नै
सुन्नुहोस्

काभ्रेपलाञ्चोक जिल्लामा अपराधको ग्राफ बढिरहेको तथ्यांकले देखाएको छ । प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले त्रिवर्षीय मुद्दा दर्ता र अपराधको अवस्था सार्वजनिक गर्दै बढ्दो शहरीकरणलगायत विविध कारणबाट अपराधका घटनामा बृद्धि भएको बताइन् ।

‘आर्थिक वर्ष २०७८÷२०७९ मा ४ सय ३६ वटा  दर्ता भएका थिए । २०७९÷२०८० मा ५ सय ४४ वटा दर्ता भए । आर्थिक वर्ष २०८०÷२०८१ मा ७ सय ५ वटा पुगे,’ एसपी बसुन्धरा खड्काले भनिन्, ‘प्रहरीको कडा निगरानी, नियमित गस्ति तथा प्रभावकारी शान्ति सुरक्षाका बावजुद पनि समाजमा विभिन्न प्रकारका अपराध भइरहेका छन् ।’ कर्तव्य ज्यानअन्तर्गत ११ वटा मुद्दा दर्ता भएको छ । अघिल्ला दुई वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

अभद्र व्यवहारतर्फ भने मुद्दा दर्ता गर्ने क्रम घटेको छ । क्रमशः ८२ वटाबाट ७४ हुँदै ७० मा झरेको छ । सवारी अंगभंग पनि कम छ । आर्थिक वर्ष अनुसार क्रमशः १०, ७ हुँदै ४ मा झरेको छ । अघिल्ला दुई वर्ष क्रमशः ७ र ५ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो वर्ष बहुविवाह शून्य छ । 

आत्महत्यामा उल्लेख्य वृद्धि भएको छ । पहिले १ सय १२ जनाले आत्महत्या गरेकोमा पछिल्लो वर्ष ९० जना थिए । गत आर्थिक वर्ष यो संख्या बढेर १ सय ३५ पुगेको छ । झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर पनि कतिपयको निधन भएको छ । जबर्जस्ती करणी उद्योग र जबर्जस्ती करणीमा पनि मुद्दा संख्या बढेका छन् ।

उद्योगमा ३, १ र ३ रहेको छ भने करणीमा २९, ३७ र ४८ पुगेको छ । बाल यौन दुराचार, दुव्र्यवहार, दुरूपयोग, बाल मिच्याइँमा १३ वटा मुद्दा दर्ता भएका छन् । अघिल्ला दुई वर्ष क्रमशः ३ र १० वटा मुद्दा थिए । बोक्सी आरोपमा कुनै मुद्दा दर्ता भएन । लिखतसम्बन्धी कसुरमा मुद्दाको संख्या बढ्दो छ । पशुसम्बन्धी कसुरमा ३ वटा मुद्दा दर्ता भएका छन् ।

मानव बेचविखन तथा ओसारपसारका २ वटा घटना छन् । जातीय छुवाछुत तथा भेदभावविरुद्ध कसुरमा १ वटा छ । विद्युतीय कसुर तथा साइबर अपराधमा २ वटा छन् । सवारी ज्यानसम्बन्धी अघिल्ला दुई वर्ष क्रमशः ३४, ३८ वटा मुद्दा दर्ता भएकोमा गत वर्ष २२ वटा छ । ठगीसम्बन्धी ६, सहकारी ठगी ३, अनलाइन ठगी १, डलर ठगी उद्योग १ र किर्ते तथा ठगीसम्बन्धी कसुरमा १ वटा मुद्दा गत वर्ष दर्ता भएको सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताए ।

ज्यान मार्ने उद्योगको संख्या ११ पुगेको छ । अघिल्ला दुई वर्ष क्रमशः ९ र ८ थियो । लागुऔषधमा ७ वटा, १३ वटा हुँदै १८ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै बैंकिङ कसुरसम्बन्धी मुद्दा छन् । झुटा विवरण पेश गरी नागरिकता लिनेको संख्या बढिरहेको छ । प्रहरीले पहिलो वर्ष ६ वटा, दोश्रो वर्ष १० वटा मुद्दा दर्ता गरेकोमा गत आर्थिक वर्ष २६ वटा पुगेको छ ।

आर्थिक वर्ष २०८०÷२०८१ मा भन्सार छली गरी ल्याइएको १ करोड ४३ लाख ३२ हजार ३१ मूल्यबराबरको सामान बरामद गरिएको छ । लागुऔषध ओसारपसारका क्रममा ३८ पुरुष २ महिला गरी ४० जनालाई पक्राउ गरिएको छ । उता जिल्ला प्रशासन कार्यालयले ११ महिनाको अवधिमा ९ हजार ३ सय ६६ वटा नयाँ नागरिकता जारी गरेको छ ।

आमाको नामबाट १२ वटा र अंगीकृत ७ वटा वितरण भएको छ । यो अवधिमा ५१ जनाले नागरिकता परित्याग गरेका छन् । ५० वटा गैर आवासीय नागरिकता जारी भएको छ भने ९ वटा रद्द गरिएको छ । राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकमा २०७४ सालदेखि नागरिकता बिक्री भएको तथ्य बाहिरिएसँगै यसमा कडाइ गरिएको छ । 

– मोतीराम तिमल्सिना

(साभार:जनआस्था साप्ताहिकबाट)


 

टिप्पणीहरू