सचिवज्यू आउनुभो

सचिवज्यू आउनुभो
सुन्नुहोस्

– सिंहराज

यही साता, भारतीय विदेश सचिव अचानक नेपाल आउनुभयो । आउने सचिवको नाम हो विक्रम मिश्री । तर नेपाल सरकारलाई लागेछ, विक्रम मिश्री होइन नरेन्द्र मोदी कै आगमन हो । त्यसैले स्वागतको तयारी जम्मै नरेन्द्र मोदीस्तरकै भयो।

आएको त एक जना सचिव मात्रै हो । तर स्वागत भने प्रधानमन्त्री शैलीको हुनपुग्यो । धन्न भारतीय विदेशसचिव आउने उपलक्ष्यमा भन्दै सार्वजनिक बिदा दिन भ्याइएन । अलि टाइम मिलेको भए त्यो पनि दिइन्थ्यो होला । 

एउटा सचिवले नेपाल आएको दुर्ई दिनभित्रै नेपालका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र नेताहरू जम्मैलाई एकै डल्लोमा भेट्नु भनेको चमत्कारै हो । यति त नेपालकै उपप्रधानमन्त्रीले चाहे पनि भेट्न पाउँदैन । सक्दै सक्दैन । भारतीय सचिव भएकोले मात्रै सम्भव भएको हो । नेपालमा भारतीय सचिवलाई दिइएको यो सम्मान देखेर नेपालका सचिव शायद चुक्चुकाउँदै होलान् । आफू भारत जाँदा त्यहाँ के व्यवहार गरियो त्यो सम्झेर गम खाँदै होलान् । होइन त सेवा म्याडम ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू