राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सर्वोच्चको रोक

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सर्वोच्चको रोक

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले उल्ट्यादिएको छ ।  

न्यायाधीश मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न भनिएको छ । 

राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै कयौँ जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुने भन्दै अधिवक्ता रामबहादुर राउत मातृदासले गत असार १८ गते रिट दर्ता गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको थियो । 

सरकारले पहिलो चरणमा साउन १ गतेदेखि लागू हुने गरी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

टिप्पणीहरू