कृष्ण मन्दिरहरुमा भक्तजनको भीड, टुँडिखेलमा गौरा पर्व मनाईंदै
आज मुलुकभर श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व मनाईंदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ ।
भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासमा हिन्दु धर्मावलम्बीहरुले आजका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँछन् । श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतार मानिन्छ ।
दुर्जनको विनाश र सज्जनको रक्षाका लागि श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिलाउन पिता वासुदेव र मात देवकीको आठौं गर्भबाट भगवान् श्रीकृष्णको जन्म भएको मान्यता छ ।
आज पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
आजै सुदूर पश्चिममा गौरा पर्व मनाईंदै छ । सो अवसरमा राजधानीको टुँडिखेलमा दिउँसो ३ बजेदेखि गौरा पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
टिप्पणीहरू