राष्ट्रिय परिचयपत्रमा विवरण थपघट अबदेखि नारायणहिटीबाट
राष्ट्रिय परिचयपत्र (नेसनल कार्ड) विवरण दर्ता गरी थप रुजु वा इन प्रोग्रेसमा रहेका व्यक्तिको विवरण अबदेखि नारायणहिटी दरबार परिसरबाट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
यसअघि उक्त कार्य राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट मात्रै हुँदै आएकोमा विभागले सेवाग्राहीको सहजताका लागि नारायणहिटी दरबार परिसरबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
अबदेखि विभागमा उक्त सेवा बन्द गरिएको छ । परिचयपत्रका लागि विभागको वेबसाइटमा समेत आवेदन लिई फछ्र्यौट गर्ने व्यवस्था छ । परिचयपत्र विवरण दर्ता गरेका तर नम्बर प्राप्त नभएका र विवरण दर्ता गर्दाका बखत प्राप्त भरपाई हराएका सेवाग्राहीले विभागले सञ्चालन गरेको पोर्टलमा आफ्नो नागरिकता विवरण प्रविष्टि गरी परिचयपत्र नम्बर तथा भरपाई प्राप्त गर्न सक्ने छन् ।
टिप्पणीहरू