सर्वोच्चको आदेशपछि सशस्त्रका डिआईजीहरु हौसिए
सशस्त्र प्रहरी बल नेपालका एक दर्जन अधिकृतले विद्यमान ३० वर्षे सेवा अवधि हटाउन माग गरेका छन् । उनीहरुले विद्यमान सेवा अवधिसम्बन्धी ३० वर्षे प्रावधान हटाउनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सशस्त्रका दुई जना डिआईजीहरु दुर्गाप्रसाद भट्टराई, अभि खत्री एसपीहरु पूर्ण साउद, उद्धव रावल, त्रिभुवन विष्ट, अशोक शाक्य, धनबहादुर सिंह, प्रेमबहादुर रावल, अम्बरबहादुर ऐर, गोपाल श्रेष्ठ र दीपेन्द्र गिरीलगायतले उक्त माग गरेका हुन् । २०५१ सालमा नेपाल प्रहरीमा सेव प्रवेश गरेका उनीहरु २०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ्।
अधिवक्ता अनिता अधिकारीले वारेस लिएर हालेको उक्त रिटमा वादी सबै १२ जना अधिकृतले आगामी आइतबारदेखि अवकाश पाउँदै छन् । यसअघि नेपाल प्रहरीका सोही मितिमा अवकाश हुने ९० जनामध्ये २१ जनाले गत बुधबार दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छ । ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको उक्त रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले अग्राधिकार दिँदै असोज १० गते पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ ।
संसदमा तीलगायत विभिन्न दफा संशोधन र थप गर्न प्रहरी ऐन तथा निजामति सेवा ऐन संसदमा वर्षौैंदेखि विचाराधीन छ ।
टिप्पणीहरू