ओमानका विदेशमन्त्री विशेष विमानमा, राजदूत नियमित उडानमा

ओमानका विदेशमन्त्री विशेष विमानमा, राजदूत नियमित उडानमा

ओमानका विदेशमन्त्री शाहिद बदरबिन हमाद बिन हमुद अल्बुसैदी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा ओमानी विदेशमन्त्री आज अपरान्ह पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उहाँ रोयल फ्लाइट अफ ओमानको उडानमा आउन लागेका हुन् । विदेशमन्त्री शाहिद नेपाल भ्रमण पूरा गरेर भोलि फर्कने कार्यक्रम छ । यसबीचमा दुबै मुलुकका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने छ । 

ओमानी विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । 

सोही भ्रमणका लागि नेपालका लागि ओमानका गैर आवासीय राजदूत इशा सलेह अल शिवानी आज बिहान नयाँ दिल्लीबाट काठमाडौं आएका छन् । उनी भिस्तारा एअरलाइन्सको उडानमा बिहान साढे १० बजे आइपुगेका हुन् । मन्त्री भोलि स्वदेश फर्केपछि भारतका लागि आवासीय राजदूत पर्सि नयाँ दिल्ली फर्कने मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू