साना जलविद्युत आयोजनालाई रोयल्टी तिर्न ताकेता
विद्युत विकास विभागले एक मेगावटभन्दा बढी क्षमताका जलविद्युत आयोजना उत्पादकलाई बक्यौता रोयल्टी तिर्न ताकेता गरेको छ । विभागबाट विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त उक्त क्षमताका उत्पादक कम्पनीलाई विद्युत ऊर्जा बिक्रीबापतको गत वर्षको रोयल्टी रकम तिर्न पुनः आग्रह गरिएको छ ।
यसका लागि विभागले ३५ दिनको समय दिएको छ । विद्युत ऐन, २०४९ तथा विद्युत नियमावली, २०५० बमोजिम विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त संस्थाले बुझाउनुपर्ने गत आर्थिक वर्ष २०८०/०८१ सम्मको बक्यौता रोयल्टी (जडित क्षमता तथा विद्युत ऊर्जा बिक्रीबापतको) अविलम्ब दाखिला गर्न विभागको सूचनामा भनिएको छ ।
विभागको रोयल्टी व्यवस्थापनसम्बन्धी वेबसाइटमा राखिएको विवरणसँग आआफ्नो आयोजनाको रोयल्टी विवरण रुजु गराई तोकिएको समयभित्र हिसाब फरफारख गर्न निर्देशन दिइएको छ ।
टिप्पणीहरू