दर्शनार्थीहरुको घुइँचो लागेको कृष्ण मन्दिरमा राष्ट्रपति पुगेपछि....
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । सो अवसरमा उहाँले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आरधना र प्रसाद ग्रहणसमेत गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आरधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।
किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन खोजिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन आदेश दिएपछि राजा सिद्धिनरसिंहले जमिन खन्न लगाउँदा कृष्णको मन्दिर फेला परेको थियो ।
त्यसपछि एउटै मन्दिरमा तल कृष्ण र माथि शिव भगवान स्थापना गरिएको विश्वास छ ।
टिप्पणीहरू