गुल्मीको रेसुङ्गामा भोलि सार्वजनिक बिदा
गुल्मीको रेसुङ्गा नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
जारी सूचनामा भनिएको छ, ‘मिति २०८१÷०४÷१४ मा बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार यस नगरपालिका तथा सदरमुकाम तम्घासमा परम्परादेखि नै प्रत्येक वर्ष कृष्ण जन्माष्टी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्रा हुँदै आएकोले यो वर्ष रोपाइँ जात्रा २०८१ भद्रौ ११ गते सार्वजनिक बिदा दिइएको छ ।’
रोपाइँ जात्रालाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय र मातहतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण निकायमा बिदा दिइएको उल्लेख छ ।
टिप्पणीहरू