सार्वजनिक जग्गामा ठडाइएका संरचना हटाउन नगरपालिकाको निर्देशन

सार्वजनिक जग्गामा ठडाइएका संरचना हटाउन नगरपालिकाको निर्देशन

धनुषाको सबैला नगरपालिकाले सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशनयुक्त चेतावनी दिएको छ । नगरपालिकाले ३५ दिने सूचना निकालेर सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गामा निर्माण भएका भौतिक संरचना हटाउन निर्देशन दिएको हो । 

नगरअन्तर्गतका सडकहरुको दायाँबायाँ सडकको ‘राइट अफ वे’ भित्र अनाधिकृत रुपमा रहेका घर, टहरालगायतका संरचना तथा मालसामानहरु उक्त समयावधिभित्र हटाउन भनिएको छ । अन्यथा, कानूनबमोजिम भइजाने नगरपालिकाको चेतावनी छ। 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम आफ्नो क्षेत्राधित्रकार भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति, आफ्नो कोषबाट बनेको, खरिद भएको वा सरकार, प्रदेश सरकार, संघसंस्था वा व्यक्तिले दिएको सम्पत्ति र नगरअन्तर्गतका सडकहरुको दायाँबायाँ सडकको ‘राइट अफ वे’ भित्र अनाधिकृत रुपमा रहेका घर÷टहरा लगायतका संरचना, मालसामान, स्थानीय तहले संरक्षण गरी अतिक्रमणमुक्त गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त स्थानमा रहेका अवैध गैरकानूनी संरचना, मालसामान हटाउन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘तोकिएको समय सीमाभित्र त्यस्ता संरचना नहटाइएको खण्डमा कानूनबमोजिम कारबाही भई जानेछ ।’

टिप्पणीहरू