पुलमाथि राखिएको बैठकमा भारतीय राजदूतको निर्देशन

पुलमाथि राखिएको बैठकमा भारतीय राजदूतको निर्देशन

 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव दुई मुलुकको सीमा नदी महाकालीमा निर्माणाधीन पुलको अवलोकन र अनुगमन गर्दै दार्चुला पुग्नुभएको छ । उहाँले महाकाली नगरपालिका वडा नम्बर ८, असिगडामा निर्माणाधीन मोटरेबल पुलको आज अनुगमन गर्नुभएको छ । 

डँडेलधुरा, बैतडी हुँदै दार्चुला पुगेपछि राजदूत श्रीवास्तवले आगामी छ महिनाभित्र पुल निर्माणका सबै काम सम्पन्न गर्न भारतीय निर्माण कम्पनीका ठेकेदारहरूलाई निर्देशन दिनुभएको बताइएको छ । पुलमाथि गरिएको बैठकमा निर्माण कम्पनीका महाप्रबन्धक दलवीर सिंहलगायत प्रतिनिधिहरु सहभागी थिए ।

राजदूतले आगामी मार्चसम्म तोकिएको निर्माण कार्य सक्न निर्देशन दिनुभएको हो ।

 

टिप्पणीहरू