सिंहदरबारमा सुनाइयो सहकारी ठगीबारे थप कुरा
सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रीसहित आर्थिक क्षेत्रका उच्च नेतृत्वसँग छलफल गरेको छ । प्रतिवेदन तयार पार्नुअघि समितिले आज अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको छ ।
जेठ १५ गते गठित समितिको तीन महिने अवधि हिजो सकिनुअघि गत मंगलबार बसेको प्रतिनिधि सभा बैठकले १५ दिनको थप म्याद थपेको हो । समिति सभापति सूर्य थापाले सहकारी ठगी प्रकरणमा ५० जनाभन्दा बढीसँग सोधपुछ सकिएको जानकारी गराएका छन् ।
आजको बैठकमा यसअघिका सोधपुछलाई समेटेर लिखित प्रतिवेदन तयार पार्ने काम भइरहेको बताइएको छ । समिति सदस्यहरुले आजको बैठकमा पौडेल र अधिकारीद्वयको धारणा सुनेका हुन् ।
टिप्पणीहरू