भट्टका ठाउँमा ज्ञवालीको चाहना, भिष्मराज झन् बलियो
लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि पाँच जनाको नाम छनोट गरिएको छ । सिफारिस समितिले आवेदन दिएका आठ जनामध्ये पाँच जनालाई अन्तार्वार्ता र प्रस्तुतिका लागि बोलाउने निर्णय गरेको छ ।
छनोट हुनेमा विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले,सुशील ज्ञवाली, रामदेव यादव र भिष्मराज ढुंगाना छन् । उनीहरुलाई अन्तरवार्ता र प्रस्तुतिका लागि पर्सि दिउँसो बोलाइएको छ ।
त्यसपछि सिफारिस समितिले मन्त्रिपरिषदमा पठाउने तीन जनाको नामबाट सरकारले एक जनालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ ।
यसअघिका सिइओ सुशील भट्टको चार वर्षे कार्यकाल गत साउन २१ गते सकिएको थियो । त्यसअघिका सिईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि भट्टले मौका पाएका थिए । अधिकारीको आगामी चैत २४ गते कार्यकाल सकिएपछि भट्टले उता आँखा लगाएको खबरहरु पनि बाहिरिएका छन् ।
ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनी लामो समय केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण, नियमन र विदेशी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा छँदा उनी ठूला व्यवसायी र तत्कालीन काँग्रेस नेतृत्वको सरकारको कोपभाजनमा परेका हुन् ।
टिप्पणीहरू