दुर्गममा पर्यटकसँग धमाधम असुली

दुर्गममा पर्यटकसँग धमाधम असुली

गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने विदेशी तथा स्वदेशी पर्यटकसँग शुल्क लिने भएको छ । गाउँपालिकाले विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक हजार र स्वदेशी पर्यटकबाट दुई सय रुपैयाँका दरले पदयात्रा शुल्क उठाउने निर्णय गरेको छ ।

पालिकाको आन्तरिक आयस्रोत न्यून रहेकोले यस्तो निर्णय गरिएको जनाइएको छ । मनास्लु संरक्षण क्षेत्रभित्र पुग्ने पर्यटकबाट सम्बन्धित संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले पदयात्रा शुल्क उठाउँदै आएको छ ।

तर, उक्त राजश्व रकम बाँडफाँड नहुने भएकाले पालिकाले अपेक्षित रुपमा कर संकलन गर्न नसकेको जनाउँदै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाबीच भएको हालैको छलफलबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने निर्णय गरेको हो ।

त्यस्तो शुल्कबाट चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवम् पर्यटन क्षेत्र प्रवद्र्धनमा लगानी गर्ने समेत बताइएको छ । ‘गाउँपालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवम् पर्यटन क्षेत्र प्रवद्र्धनमा लगानी गरिने,’ निर्णयमा उल्लेख छ ।

 

टिप्पणीहरू