परिमार्जित पाठ्यक्रम लागू गर्न सीटीईभीटीको निर्देशन

परिमार्जित पाठ्यक्रम लागू गर्न सीटीईभीटीको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पिसिएल तथा डिप्लोमा तहका विभिन्न कार्यक्रमको परिमार्जित पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ । सीटीईभीटीअन्तर्गत पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले एक सूचना जारी गर्दै यसै शैक्षिक सत्रबाट परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ ।

सीटीईभीटीका आंगिक, साझेदारी, सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०८१÷०८२ मा भर्ना भएका विद्यार्थीलाई अनिवार्य रुपमा परिमार्जन भएका पाठ्यक्रम अध्ययन अध्यापन गराउन भनिएको छ । जसअनुसार यो वर्ष डिप्लोमा इन हेल्थ साइन्स प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुले एक्सेप्ट नर्सिङ एण्ड मिडवाइफरी, २०२४ प्रयोग गर्नुपर्ने छ । 

त्यस्तै, दोस्रो र तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सामान्य चिकित्सामा पिसिएल, चिकित्सा प्रयोगशाला प्रविधिमा प्रमाणपत्र, डायग्रोस्टिक रेडियोग्राफीमा प्रमाणपत्र, नेत्र विज्ञानमा पिसिएल तथा योग र प्राकृतिक चिकित्सामा डिप्लोमा, २०२४ पाठ्यक्रम प्रयोग गर्न गराउन निर्देशन दिइएको छ ।

टिप्पणीहरू