अमेरिका गएको सेनाको जम्बो टोली आइपुग्यो

अमेरिका गएको सेनाको जम्बो टोली आइपुग्यो
सुन्नुहोस्

अमेरिकामा आयोजित सेनासम्बन्धी सम्मेलनमा भाग लिन गएको नेपाली सेना, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सम्मिलित जम्बो टोली आज फर्केको छ । अमेरिकाको हवाईमा सञ्चालित पाँचौ स्थलसेना सम्बन्धी सम्मेलनमा भाग लिएर १२ जनाको टोली आज काठमाडौं आइपुगेको छ ।

उपरथी कृष्णदेव भट्ट नेतृत्वको टोली कोरियन एयलाइन्सको उडान नम्बर केई ६९५ मा कोरियाको सिओल हुँदै होनुलुलुबाट आएको हो । भ्रमणदलमा सहायक रथीहरु मानबहादुर महरा, रविन्द्र खत्री, प्रेमबहादुर पुन, पवनकुमार खड्का छन् । त्यसैगरी महासेनानी सुवाष थापा तथा प्रमुख सेनानीहरु खगेन्द्रराज थापा, शैलेन्द्र बस्नेत, सुदिपकुमार तामाङ पनि छन् ।

सेनानी डोलराज श्रेष्ठ, रक्षा मन्त्रालयका उपसचिव भुवन पाण्डे र परराष्ट्र मन्त्रालयका उपसचिव जिमसन रुम्दाली राई पनि सेनाको सम्मेलनमा भाग लिएको बताइएको छ ।
 

टिप्पणीहरू