चिनियाँ अनुभव बटुल्न आदिवासी जनजाति टोली चीन प्रस्थान

चिनियाँ अनुभव बटुल्न आदिवासी जनजाति टोली चीन प्रस्थान
सुन्नुहोस्

चीनले आदिवासी जनजातिको उत्थानमा गरेको योगदान र प्राप्त उपलब्धीको अनुभव गर्न आदिवासी जनजाति आयोगको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरको नेतृत्वमा चार सदस्यीय टोली आज थाइल्याण्डको राजधानी बैंकक हुँदै चीन गएको छ । 

टोली थाई एअरवेजको उडान नम्बर टीजी ३२० मा आज दिउँसो साढे २ बजे त्यसतर्फ प्रस्थान गरेको टोलीमा आयोगका सदस्यहरु रिना राना, शरण राई, सूर्यबहादुर गुरुङ र उपसचिव टेकप्रसाद पुलामी छन् । उनीहरु चीनको राष्ट्रिय जनजाति मामिला आयोगको निमन्त्रणामा चीन गएका हुन् ।

टिप्पणीहरू