दमक वरपर नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

दमक वरपर नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध
सुन्नुहोस्

झापाको दमक नगरपालिकाले नदीजन्य सामग्रीको उत्खनन, संकलन तथा बिक्री वितरणमा रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको सूचना जारी गरिएको छ ।

नगरपालिकाले पूर्व र पश्चिमतर्फ रहेको रतुवा र मावा खोलाको नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि प्रारम्भिक वातावरणीय परीक्षण भइरहेकाले उक्त प्रतिबन्ध लगाइएको जनाएको छ ।

‘दमक नगरपालिकाको पूर्व र पश्चिमतर्फ रहेको रतुवा र मावा खोलाको नदीजन्य सामग्रीको संकलन तथा बिक्री कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षणको कार्य भइरहेको हुँदा ठेक्का बन्दोबस्त भई नसकेकोले अर्को व्यवस्था नभएसम्म मिति २०८१–०६–०१ गतेदेखि उल्लिखित खोलाहरुबाट कुनै पनि किसिमका नदीजन्य सामग्री उत्खनन्, संकलन तथा बिक्री  वितरण कार्य नगर्न–नगराउनुहुन अनुरोध छ’, जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, नदीजन्य सामग्री उत्खनन् तथा संकलन गरी ओसारपसार गरेको पाइएमा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू