न्युरोडमा न्युफुटपाथ (फोटो फिचर)

न्युरोडमा न्युफुटपाथ (फोटो फिचर)

राजधानीको न्युरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटकपटक अवरोधपश्चात् अहिले फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको हो । नयाँ फुटपाथ पहिलेको तुलनामा फराकिलो देखिएको छ । 

फुटपाथ विस्तारको काम अघि बढाएपछि विरोध भएको थियो । यसमा वडाध्यक्षसहित स्थानीय सडकमा उत्रिए । व्यापक विरोधपछि महानगरले जेठ ११ गतेदेखि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंले रोकिदियो । डिभिजन कार्यालयको निर्णयविरुद्ध महानगर जेठ २७ गते उच्च अदालत, पाटन गएको थियो ।

उच्चका न्यायाधीशद्वय धुव्रराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले फुटपाथ विस्तार नरोक्न अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तारको काम अघि बढेको हो ।

तस्बिरहरु

टिप्पणीहरू