रवि र जिबीका साझेदार छवि कास्की अदालतमा पेश

रवि र जिबीका साझेदार छवि कास्की अदालतमा पेश
सुन्नुहोस्

सहकारीको रकम दुरुपयोग गरेको आरोपमा हिजो काठमाडौंबाट समातिएका छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारीको ६५ करोडभन्दा बढी रकम गोर्खा मिडियामा लगानी गरेर अनियमितता गरेको आरोपमा मिडियाका तत्कालिन उपाध्यक्ष तथा सञ्चालक उनलाई हिजो अपरान्ह शंखमूलबाट पक्राउ गरिएको हो । 

राति नै बुद्ध एअरको उडानमा पोखरा पुर्याइएका उनलाई बिहान साढे १० बजे जिल्ला प्रहरी कार्यालय र अहिले जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको पूर्व डिआइजीसमेत रहेका जोशीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धमा प्रहरीले थप अनुसन्धानका लागि म्याद थप्ने प्रयोजनका लागि त्यहाँ लगेको हो ।

सोही आरोपमा पक्राउ परेका कुमार रम्तेललाई भने पुर्पक्षको निम्ति कास्की कारागारमा राखिएको छ । अध्यक्ष जिबी राई फरार छन् । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको समेत उक्त रकम हिनामिनामा संलग्नता भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको छानबिनमा सूर्य दर्शनको सबै हिसाबकिताब राखिएको लेजर, कम्प्युटर जोशीको शंखमूलस्थित घरमा फेला परेको थियो ।

जोशीको बदमासीबारे गत माघ १४ र २५ गते जनआस्थाले लामो विवरण सप्रमाण प्रकाशित गरेको थियो । रवि र जिबीसँगको साझेदारीमा उनले कीर्तिपुरदेखि पोखरासम्मका सहकारीको रकम दुरुपयोग गरेको नालीबेली ‘रविका पार्टनरको खातामा रातारात १७ करोड,अनि किन चाहियो तलब केलाई लिन पर्यो भत्ता’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

यो पनि...

१. प्रहरीले छापा मार्नुअघि जनआस्थाले लेखेको थियो पूर्व डिआइजीको बदमासी

२. रविका पार्टनरको खातामा रातारात १७ करोड

टिप्पणीहरू