नेपाली जर्नेलकै जोडी उत्तरतिर

नेपाली जर्नेलकै जोडी उत्तरतिर

चिनियाँ जनमुक्ति सेनाको आयोजनामा हुने संयुक्त सैन्य तालिममा भाग लिन नेपाली सेनाको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

उपरथी प्रदिपजंग केसी नेतृत्वको चार सदस्यीय टोली आज दिउँसो एयर चाइनाको उडान नम्बर सिए ४३८ डि मा छेन्दु उडेको हो । टोलीमा उपरथी केसीपत्नी लक्ष्मी, प्रमुख सेनानी विक्रम थापा र दिपक कोइराला सहभागी छन् । 

असोज ५ गतेदेखि संचालन हुने उक्त तालिममा पर्यवेक्षकका रुपमा सहभागी हुन उनीहरु गएको नेपाली सेनाले जनाएको छ । 'नेपाल-चीन सगरमाथा फ्रेण्डसिप २०२४' नाम दिइएको उक्त संयुक्त तालिम मंगलबारसम्म चल्ने जनाइएको छ ।

टिप्पणीहरू