विपत्तिमा झन सेवा गर्छु भन्छ चाइना साउदर्न

विपत्तिमा झन सेवा गर्छु भन्छ चाइना साउदर्न

गत बिहीबार रातिदेखि परेको लगातारको वर्षाले राजधानी काठमाडौंलगायत धेरै जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राजमार्गहरु क्षति विक्षत भएका छन् । ३ दिनको घनघोर वर्षाका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्ना उडान रद्द गरेका थिए ।

तर,ग्वाङ्झौबाट काठमाडौंमा नियमित उडान गर्दै आइरहेको चाइना साउदर्नले भने विषम प्राकृतिक परिस्थितिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिलाएको दावी गरेको छ । कम्पनीले जस्तोसुकै अवस्थामा पनि यात्रुको सुरक्षा र यात्रालाई पहिलो महत्व दिएको जनाउँदै अस्ति शुक्रबार र हिजो शनिबार रातिको उडानबारे जानकारी दिएको छ ।

उक्त कम्पनीले भनेको छ, ‘शुक्रबार राति नियमित उडानको क्रममा विमान खराब मौसमका कारण काठमाडौंमा तोकिएको समयमा अवतरण गर्न सकेन । अधिकांश विमान कम्पनीले उडान रद्ध गर्ने निर्णय गरेको अवस्थामा हामीले भने उडान भरेका थियौं । हाम्रो विमानलाई काठमाडौं नजिकैको आकाशबाट ढाका डाइभर्ट गर्ने निर्णय गरियो तर मौसममा सुधार भएसङ्गै राति दुई घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण गरियो र यताका यात्रुलाई दुई घण्टा ढिलो भए पनि उडान भरेर गन्तव्यमा पुर्याइयो ।’

हिजोको उडानमा ३० जना यात्रु ग्वाङ्झौ हुँदै अष्ट्रेलियाको सिड्नी जाँदै थिए । यताबाट भएको ढिलो उडानका कारण उनीहरुको सिड्नी उडान छुट्ने सम्भावना प्रबल थियो ।

हिजो राति पनि खराब मौसमका कारण चाइना साउदर्नको उडान दुई घण्टा ढिलो भयो । हिजोको उडानमा ३० जना यात्रु ग्वाङ्झौ हुँदै अष्ट्रेलियाको सिड्नी जाँदै थिए । यताबाट भएको ढिलो उडानका कारण उनीहरुको सिड्नी उडान छुट्ने सम्भावना प्रबल थियो । तर, विमान कम्पनी, चालक दलका सदस्य र  कर्मचारीको समन्वयमा ढिलो उडानमा पनि ती यात्रुले सहज रुपमा सिड्नी कनेक्टिङ फ्लाइटमा कुनै समस्या झेल्न परेन । 

विमान कम्पनीले भनेको छ, ‘ चिनियाँ राष्ट्रिय दिवस,सार्वजनिक बिदालगायत कारण ग्वाङ्झौबाट सिड्नीका लागि अन्य उडानका कुनै सिट खालि थिएन । त्यसैले काठमाडौं वा ग्वाङ्झौमा अलपत्र नपार्ने उद्देश्यले तत्काल समस्या समाधानको उपाय निकालियो र उहाँहरु तोकिएको उडानमा सिड्नी प्रस्थान गर्न सफल हुनुभयो ।’ 

काठमाडौंमा गएराति भएको चाइना साउदर्नको अवतरण र उडान, ग्वाङ्झौमा अवतरणको समयमा अपनाइएको मितव्ययिता,हवाई रुटको चयन,ग्राउण्ड सेवामा अपनाइएको तदारुकताले ३० जना यात्रुले दुई घण्टा ढिलो उडान हुँदा पनि कुनै समस्या महसुस गर्न नपरेको कम्पनीको दाबी छ । 

यो चीनको सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । यसले वार्षिक १४ करोडभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । पछिल्लो समय ग्वाङझौ–काठमाडौं दैनिक दुई उडान सञ्चालन हुने गरेको छ ।

टिप्पणीहरू