निगमको निर्णय : उडान छुटेका यात्रुसँग अतिरिक्त शुल्क नलिने

निगमको निर्णय : उडान छुटेका यात्रुसँग अतिरिक्त शुल्क नलिने

नेपाल वायुसेवा निगमले टिकट लिएपछि उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने निर्णय गरेको छ । सेप्टेम्बर २७ तारिखदेखि अक्टोबर २ तारिखसम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर उड्न नपाएका यात्रुसँग कुनै पनि शुल्क नलिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनले नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बरदेखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको उडानबाट यात्रामा अवरोध भएकालाई टिकटमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

टिप्पणीहरू