यात्रुको लामो लाइन, आन्तरिकतर्फ डेढ सय उडान

यात्रुको लामो लाइन, आन्तरिकतर्फ डेढ सय उडान

आज मौसम अनुकूल भएपछि तीन दिनसम्म रोकिएको आन्तरिक उडान आज बिहानैदेखि शुरु भएको छ । काठमाडौंको आन्तरिक विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरुको भीड लागेको छ ।

अत्यधिक उडान चापले आज पनि धेरै यात्रुलाई फिर्ता पठाइएको बुझिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आज आन्तरिकतर्फ १५६ वटा उडान र सोही संख्यामा अवतरण भएको छ ।  

खराब मौसमका कारण पछिल्लो तीन दिनदेखि रोकिएका उडानका कारण आज चाप परेको सहजै अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू