दशैँको टीकाको साइत विभिन्न ठाउँमा फरक
पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँको टीकाको साइत विभिन्न मुलुक र क्षेत्रअनुसार सार्वजनिक गरेको छ । समितिले नेपाल, भारतलगायत विश्वका विभिन्न देशमा बस्ने नेपालीलाई टीका लगाउन उत्तम साइत सार्वजनिक गरेको हो ।
जसअनुसार असोज २६ गते विजया दशमीमा टीका लगाउने उत्तम साइत काठमाडौंमा ११ बजेर ३६ मिनेट रहेको छ । भारतको नयाँ दिल्लीमा अक्टोबर १२ तारिख बिहान ११ बजेर ४२ मिनेटमा टीकाको साइत राम्रो भनिएको छ ।
अमेरिकाको न्यूयोर्कमा अक्टोबर १२ तारिख बिहान १० बजेर १ मिनेट, केन्टुकीमा ९ बजेर ४५ मिनेट, टेक्सासमा १० बजेर ५ मिनेट, वासिङ्गटन डिसीमा ९ बजेर ५५ मिनेट र क्यालिफोर्नियामा ९ बजेर ३९ मिनेटमा टीकाको उत्तम साइत तोकिएको छ ।
त्यस्तै, क्यानडाको टोरन्टोमा अक्टोबर १२ तारिख बिहान १० बजेर १५ मिनेटमा र भ्यानकुभरमा १० बजेर २७ मिनेटको साइत रहेको समितिले जनाएको छ । जापानको टोकियोमा अक्टोबर १३ तारिख बिहान ११ बजेर ३५ मिनेटमा टीका लगाउँदा राम्रो हुने भनिएको छ ।
अष्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ तारिख बिहान ११ बजेर २१ मिनेट, मेलबर्नमा ११ बजेर २७ मिनेट, ब्रिसवेनमा ११ बजेर २९ मिनेट र क्यानवेरामा ११ बजेर १५ मिनेटमा साइत जुरेको छ ।
न्यूजिल्याण्डको वेलिङ्गटन, दक्षिण कोरियाको सियोल र हङकङमा अक्टोबर १३ तारिख क्रमशः बिहान ११ बजेर २५ मिनेट, ९ बजेर १५ मिनेट र ११ बजेर ४३ मिनेटमा टीका लगाउनु उत्तम रहेको जनाइएको छ ।
पोचुर्गलको लिस्बन, बेलायतको लण्डन, फ्रान्सको पेरिस, नर्वेको ओस्लो, मलेसियाको क्वालालम्पुर र युएईको अबुधावीमा क्रमशः अक्टोबर १२ तारिख बिहान १०ः२४, १०ः२१, १०ः२३, १०ः१९, ११ः५८ र ११ः ४५ मा टीकाको साइत जुरेको छ ।
कतारको दोहामा अक्टोबर १२ तारिख बिहान ११ बजेर ५ मिनेट, थाइल्याण्डको बैंककमा ११ बजेर २१ मिनेट, साउदी अरेबियामा ११ बजेर २३ मिनेट, म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेट, इजरायलको तेल अभिभमा ९ बजेर १६ मिनेट, स्वीट्जरल्याण्डको जेनेभामा ११ बजेर ५५ मिनेट र माल्टामा १० बजेर ४५ मिनेटमा टीका लगाउन उपयुक्त हुने बताइएको छ ।
टिप्पणीहरू