काभ्रे र धादिङका सिडिओ फेरिए

काभ्रे र धादिङका सिडिओ  फेरिए

काभ्रेका प्रजिअ सूर्यप्रसाद सेढाई र धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई गृहमन्त्रालयमै तानिएको छ । सट्टामा काभ्रेमा सहसचिव उमेश ढकाल र धादिङमा सहसचिव सुमन घिमिरेलाई प्रजिअकाे जिम्मेवारी दिइएको छ ।

बाढीपहिराे प्रभावितकाे उद्दारमा तत्परता नदेखाएको,आफै बिरामी परेको,विपत्तिकाे पूर्वसूचना पाउँदापाउँदै अन्यत्रका जिल्लामा सवारीसाधनमा राेक लगाउँदा पनि काभ्रे र धादिङमा चल्न दिएको भन्दै प्रजिअकाे आलाेचना भइरहेको छ ।

टिप्पणीहरू