दुबई जान लाग्दा थुप्रैको पासपोर्ट जफत,निम्तियो विवाद

दुबई जान लाग्दा थुप्रैको पासपोर्ट जफत,निम्तियो विवाद

नेपाल प्रहरीको इन्टरपोल शाखाले भिजिट भिसामा दुबई जान लागेका पाँच दर्जन बढीको पासपोर्ट जफत गरेको छ । हिमालय एअरलायन्समार्फत काठमाडौंबाट दुबई जान लागेका ६३ जनाको पासपोर्ट जफत गरिएको हो । 

इन्टरपोलले हिजो विमानस्थलमा अपरेशन चलाएर भिजिट भिसामा जान लागेकाहरुको पासपोर्ट जफत गरेपछि विवाद भएको छ । अन्य मुलुकका प्रहरीहरुसँग सहकार्य गरी अपराधिक गतिविधि गर्नेलाई पक्राउ गर्नुपर्ने इन्टरपोलसँग विदेश जान लागेकाको पासपोर्ट खोस्ने अधिकार छैन । 

उनीहरु बेचबिखनमा पर्न लागेको वा गलत माध्यमबाट विदेश जान लागेको शंका लागेमा नियन्त्रणमा लिन मानव बेचबिखन अनुसन्धान ब्यूरो छ । मुलुकमा अपराध गरेर विदेश भाग्नेहरुलाई समात्न चुकिरहेको इन्टरपोलले आफ्नो जिम्मेवारी बिर्सिएर अर्काको काम गर्न थालेको भन्दै आलोचना गरिएको छ । 

प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले इन्टरपोलसँगको समन्वयमा पासपोर्ट जफत गरिएको बताए ।

‘हुन त एअरपोर्टमा पासपोर्ट जफत गर्ने काम इन्टरपोलको क्षेत्राधिकारभित्र पर्दैन । मानव बेचबिखन अनुसन्धान ब्यूरोको छवि राम्रो छैन । एअरपोर्ट प्रहरीले समात्यो भने विवाद हुन्छ । त्यसैले इन्टरपोलले पासपोर्ट जफत गरेको होला’,स्रोतले भन्यो । 

ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले इन्टरपोलसँगको समन्वयमा पासपोर्ट जफत गरिएको बताए । उनका अनुसार शंकास्पद लागेका व्यक्तिहरुको पासपोर्ट जफत गरिएको हो । 

‘ब्यूरो र इन्टरपोलले संयुक्त रुपमा पासपोर्ट जफत गरेको हो । हामीलाई शंकास्पद लागेका ६३ जनाको पासपोर्ट जफत गरिएको छ । उहाँहरुको पासपोर्टमाथि अनुसन्धान गरिरहेका छौं । भोलि बोलाएका छौं । यस विषयमा विस्तृत छानबिन हुँदैछ’,उनले भने ।

टिप्पणीहरू