कोरिया जानेको टिकटका लागि बोलपत्र आह्वान

कोरिया जानेको टिकटका लागि बोलपत्र आह्वान

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकटका लागि बोलपत्र आह्वान गरिएको छ । 

ईपीएस कोरिया शाखाले आज सार्वजनिक सूचना निकालेर काठमाडौंबाट दक्षिण कोरियाको सिओलसम्म हवाई उडानमा जाने कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो । 

शाखाले २०८१ माघ ३ गतेदेखि एक वर्षसम्मका लागि सिओलसम्म कामदार पुर्याउन आवश्यक एकतर्फी हवाई टिकट उपलब्ध गराउन इच्छुक संस्था, फर्म, कम्पनीलाई आगामी ३१ दिनभित्र विद्युतीय माध्यमद्धारा बोलपत्र पेश गर्न भनेको छ । 

सीधा उडानको हवाई भाडा र ट्रान्जिट उडानको भाडादर बराबर पेश हुन आएमा सीधा उडानलाई प्राथमिकता दिइने शाखाले जनाएको छ । साथै, उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिलाई सम्झौता दरमा नबढ्ने गरी हवाई टिकट (खानासहित) उपलब्ध गराउनुपर्ने छ ।

टिप्पणीहरू