रविको पक्षमा नारा लाउन कस्सिएका १४ जना बाटैमा रोकिए

रविको पक्षमा नारा लाउन कस्सिएका १४ जना बाटैमा रोकिए

रवि लामिछाने रिहाइको माग गर्दै सडकमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता धमाधम गिरफ्तारमा पर्न थालेका छन् । 

आज प्रदर्शनको क्रममा बालुवाटारको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले सांसद अशोक चौधरीसहित दुई दर्जनलाई समातेको हो । सो पार्टीको काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ सभापति वीरेन्द्र श्रेष्ठ, झापा सभापति सुरेश पोख्रेल, सिन्धुपाल्चोक सभापति ध्रुव ढकालसहित २५ जना पक्राउ परेको बताइएको छ । 

उनीहरुलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको छ । बालुवाटार छिर्न नपाएपछि रास्वपाका नेता-कार्यकर्ता अहिले नक्साल, भाटभटेनीस्थित पिपलबोट अगाडि नाराबाजी गरिरहेका छन् ।  

यता, प्रधानमन्त्री निवास अगाडि नारा लगाउने कार्यक्रममा जान लागेका दर्जनौँलाई प्रहरीले बाटैमा रोकेको छ । शिवपुरी कलेज चोक रसियन दूतावास नजिकै टुडालदेवी जाने चोकबाट १४ जना समातिएका छन् । उनीहरुलाई प्रहरीले महाराजगन्ज वृत पुर्याएको छ ।

त्यस्तै, बिगमार्ट अगाडिबाट पनि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू