सेनापति रिसाएपछि सखाप

सेनापति रिसाएपछि सखाप

निजगढबाट काठमाडौं जोड्ने दु्रतमार्ग निर्माणमा खटिएका जर्नेल विकास पोखरेलले समयअघि नै घरको बाटो तताएका छन् । नयाँ सेनापति अशोक सिग्देलले आर्थिक मामिलामा चित्त कमजोर पात्रहरुलाई पन्छाउने क्रममा पोखरेलको म्याद नथपिएको हुनसक्छ । 

नत्र एक टर्म सेवाअवधि थप्न सक्ने प्रावधान छँदै थियो । नेपाली सेनामा उमेर र पदावधिको हदका आधारमा जागिरबाट अवकाश लिने चलन छ । नेतृत्वले चाहेमा अवधि थप्न वा भूपूलाई समेत करारमा नियुक्त गर्नसक्ने अधिकार छ । सिग्देलले भने पोखरेलको २ वर्ष उमेर हदको सेवा अवधि बाँकी छँदै जागिरबाट विदा दिएका हुन् । 

त्यसो त गडुल समशेरपछिका प्रधानसेनापति धर्मपालवरसिंह थापाको पालामा सम्भाररथी विभागका जर्नेल योगेन्द्रप्रताप राणालाई पनि काण्ड लगाएर घरको बाटो देखाइएको थियो । यदि काण्डबाट चोख्याएर राणाको म्याद थपिएको भए उनी सेनापति बन्न सक्थे । त्यसैगरी विनोज बस्नेत, अनुज बस्नेत, शेखर बस्नेतलगायतका सैनिक अधिकृत पनि पदावधि थप नभएका कारण बढुवाको सम्भावना भएर पनि बीचैमा घर पठाइएका थिए ।

यसबीच तिहार सकिएलगत्तै कात्तिक २३ गते नयाँ सेनापतिले भूपू जर्नेलहरुको भेला बोलाएर सुझाव संकलन गर्न लागेको बुझिएको छ ।
 

टिप्पणीहरू