निगमको अन्तर्राष्ट्रिय उडान तालिकामा हेरफेर
नेपाल वायुसेवा निगमले यसअघिको अन्तर्राष्ट्रिय उडान तालिकामा परिवर्तन गरेको छ । मर्मत सम्भारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि करिब पाँच महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएपछि निगमले उडान समय परिवर्तन गरिएको जनाएको छ ।
काठमाडौं–नारिता–काठमाडौं, काठमाडौं–दोहा–काठमाडौं, काठमाडौं– दुबई– काठमाडौं उडान तालिका स्थानीय समयअनुसार परिवर्तन गरिएको निगमले जनाएको छ ।
नयाँ समय तालिकाअनुसार काठमाडौं–नारिताको उडान राति सवा ९ बजे र नारिता–काठमाडौंको उडान ९ः२५ मा हुने छ । त्यस्तै काठमाडौं–दोहाको साढे ९ र दोहा–काठमाडौंको २ बजे तथा काठमाडौं–दुबईको ९ः३५ र दुबई–काठमाडौंको ४ः१० कायम गरिएको छ ।
टिप्पणीहरू