मिथिलाञ्चलमा छठ मनाउनेको भीड

मिथिलाञ्चल क्षेत्रमा छठ पर्व मनाउनेको भीड लागेको छ । जनकपुरधामको प्रमुख सरोवरहरुमा आज बिहानैदेखि भीडभाड देखिएको हो । 

छठ पूर्जाका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, रत्न सागर, दशरथ सागर, भुतहीलगायत पोखरीहरुलाई विशेष रुपले श्रृंगारिएको छ । स्थानीय युवा क्लबहरु पोखरी सजाउने काममा सहभागी भएका छन् । 

छठको पूर्जा पोखरी र नदीमा मात्र हुने गर्छ । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । 

आफ्ना घरपरिवारको सुख, शान्ति र समृद्धिका लागि व्रत बसेको व्रतालु महिलाहरु बताउँछन् । छठको व्रत बस्नाले दुःख कष्ठबाट मुक्ति, सन्तान प्राप्तिसँगै पारिवारिक सुख र शान्ति रहने जनविश्वास रहेको छ ।

टिप्पणीहरू