सफाई अभियन्तालाई चुनाव उठाउने हर्क साम्पाङको घोषणा

सफाई अभियन्तालाई चुनाव उठाउने हर्क साम्पाङको घोषणा

कीर्तिपुर नगरपालिकाको मेयरमा सरसफाई अभियन्ता राजमान महर्जन (मानव) ले उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 

स्थानीय लहना रेष्टुरेण्टको अध्यक्षसमेत रहेका उनी सांस्कृतिक सम्पदा संरक्षणमा पनि आबद्ध छन् । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै उनलाई स्वतन्त्र समूहले कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेको बताएका छन् । 

उनले लेखेका छन्,‘कीर्तिपुर नगरपालिकाका चिरपरिचित समाजसेवी विश्व सरसफाइ अभियन्ता तथा सांस्कृतिक सम्पदा संरक्षणमा लागि पर्ने राजमानज्यूलाई हाम्रो स्वतन्त्र समूहले मेयरको पदमा स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छौं । सबैले सक्दो शेयर गरेर स्थानीयहरु माझ व्यापक प्रचार गरिदिनुहोला । जय स्वतन्त्र !’

मिर्गौला रोगबाट पीडित कीर्तिपुरका पूर्वमेयर राजकुमार नकर्मीको गत साउन ११ गते निधन भएपछि उक्त पदका लागि उपनिर्वाचन गराउन लागिएको हो ।
 

टिप्पणीहरू