यसरी भएको थियो ताप्लेजुङमा भिडन्त
कमल भट्टराई
हिजो विहान संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपलिकाका मेयर अमिर मादेनले स्थानीय केबुलकार निर्माणको शिलान्यास संयुक्त रुपमा भएको थियो । शिलान्यासपछि औपचारिक निर्माण कार्य थाल्न स्काभेटरलाई अघि बढाएपछि पहिचानवादी भन्दै विगतमा आन्दोलन गर्दै आएका केही आन्दोलनकारीले स्काभेटरलाई अघि बढ्न दिएनन्।
उनीहरुले अवरोध जारी राखेपछि केबुलकार बनाउनु पर्छ र बनाउनु हुँदैन भन्नेहरुबीच झडपको अवस्था बन्यो । दुबै पक्ष उग्र हुन थालेपछि रक्तपातको अवस्थाको पूर्वानुमान गरियो । प्रशासनले विवाद न्यूनीकरणका लागि स्काभेटरको साँचो आफ्नो नियन्त्रणमा लिएको बताइन्छ ।
त्यसपछि पनि अवस्था तनावपूर्ण हुँदासमेत प्रशासनले संयमता अपनाएको थियो । तर, एकाएक झडप भएकाले सुरक्षाकर्मीसहित दर्जनौं घाइते भए । छ जना सख्त घाइतेमध्ये एक जनालाई थप उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरियो ।
नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुमध्ये ताप्लेजुङको पाथीभरा मन्दिर एक हो । सो क्षेत्रकोे विकास गर्न स्थानीय जनसमुदाय र तीनै तहका सरकार लागिपरेका छन् । निजी क्षेत्रले पाटीपौवा, बाटोघाटो निर्माण तथा मर्मत, होटल व्यवसाय सञ्चालन गरेका छन् । सरकारले सडक निर्माण, खानेपानी, विद्युत, सञ्चारलगायतमा आफ्नो अग्रसरता देखाएको छ ।
टिप्पणीहरू