अन्तर्राष्ट्रिय उडान : यता घट्यो, उता बढ्यो
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान घटेको छ । उता भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने क्रम बढेको छ ।
भैरहवाबाट आज तीनवटा अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ । आज नेपाल वायुसेवा निगम, जजिरा एयर र फ्लाई दुबईले उडान भर्ने तालिका छ ।
आज बिहान आएको कुवेतको जजिरा एयरवेज अवतरणको केही समयपछि कुवेत फर्केको छ । उक्त एअरलाइन्सले दुई वर्षअघि उद्घाटनकै दिन उडान थालेको थियो । थाई एयर एसियाले आगामी सोमबार र बिहीबारदेखि भैरहवामा उडान नियमित गर्दै छ ।
यता, काठमाडौंमा विमानस्थलको ट्याक्सी वे निर्माणको क्रममा रहेकाले आगामी चैत तेस्रो सातासम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको छ । यसबाट झण्डै ३५ प्रतिशत उडान कटौती भएकाले एअरलाइन्स कम्पनीहरुले टिकटको भाउ अचाक्ली बढाएका छन् ।
टिप्पणीहरू