श्रीमतीले कालो बच्चा जन्माएको भन्दै श्रीमानले मागे डिभोर्स
सामान्यतया: सन्तानको जन्म हुँदा परिवारमा खुशियाली छाउँछ । तर, चीनको संघाइस्थित एक परिवारमा भने छोरा जन्मिएपछि श्रीमान-श्रीमती डिभोर्सको मुखमा पुगेका छन् । र, दम्पतीबीच फाटो आउनुको कारण हो, बच्चाको रङ ।
३० वर्षीया महिलाले दुई साताअघि सिजेरियन मार्फत् कालो छाला भएको बच्चालाई जन्म दिएकी थिइन् । जबकि उनी र उनका श्रीमान गोरो वर्णका छन् ।
जब श्रीमानले पहिलो पटक बच्चा देखे, उनी छक्क परे । उनले बच्चा छुन र हातमा लिनसमेत अस्वीकार गरेको चाइना टाइम्सले उल्लेख गरेको छ ।
श्रीमानले अस्पतालमै उक्त बच्चा आफ्नो हुन नसक्ने भन्दै श्रीमतीमाथि आक्रोश पोखेका थिए । साथै, उनले पितृत्व परीक्षण गर्न पनि माग गरे ।
उता, महिला भने कालो छालाको बच्चा जन्मिएपछि आफै आश्चार्यमा परेकी छन् । आफूले कुनै पनि अनैतिक सम्बन्ध नराखेको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत् अब के गर्ने होला ? भनेर सल्लाहसमेत मागेकी छन् ।
टिप्पणीहरू