निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश, दुई राजदूतले पनि आजै पाए नियुक्ति
सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम दुबैजनालाई आज न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
निरौला यसअघि उच्च अदालत पाटन र पाण्डे तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश थिए । भदौ १७ गते न्याय परिषद बैठकबाट उनीहरु सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका थिए ।
शुक्रबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले आज नियुक्त गर्नुभएको हो।
त्यस्तै, आजै राष्ट्रपति पौडेलले लोकदर्शन रेग्मीलाई अमेरिका र प्रा.डा कृष्णप्रसाद ओलीलाई चीनको राजदूत नियुक्त गर्नुभएको छ । क्याविनेटको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरुलाई राजदूत नियुक्त गर्नुभएको हो ।
टिप्पणीहरू