भुटानी गुम्बा नियमनकारी निकायका हाकिम काठमाडौंमा

भुटानी गुम्बा नियमनकारी निकायका हाकिम काठमाडौंमा

भुटानको केन्द्रीय गुम्बा नियमनकारी निकायका एक जना अधिकारी नेपाल आएका छन् । युटेन लोपेन रिञ्चेन नाम्गे १२ दिनका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् ।

ड्रुक एअरको उडान नम्बर केबी ४०० मा भुटानको पारोबाट बिहान सवा ९ बजे आइपुगेका नाम्गेलाई काठमाडौंस्थित सार्क सचिवालयका डाइरेक्टरलगायतले स्वागत गरेका थिए । उनको स्वागतमा डाइरेक्टर दावा छिरिंग, सार्क सचिवालयका डेस्क अफिसर छेवाङ ल्हामो, स्वयम्भूस्थित साङ्गेचोलिङ गुम्बाका ग्योतुप दोर्जे लामा र ङेदुप लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताइन्छ । 

परराष्ट्र मन्त्रालयका अनुसार उनको मंसिर १० गते दिउँसो भुटान एअरलाइन्समा स्वदेश फर्कने कार्यक्रम छ । । लोपेन भुटानका मन्त्रीस्तरीय सरकारी पदाधिकारी हुन् । त्यहाँको सेन्ट्रल मोनास्टिकमा रहेका पाँच जना सदस्यमध्ये नाम्गे एक हुन् ।

टिप्पणीहरू