बेलायतबाट छोरा आइपुगेपछि पूर्व सभामुखको अन्तिम संस्कार
पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कार आज दिउँसो गरिँदै छ । हिजो उपचारको क्रममा निधन भएपछि उहाँको शवलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ । बेलायतमा रहेका छोरा निमेष आइपुगेपछि आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिँदै छ । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी निकिता छन् । ज्वाई पत्रकार नारायण वाग्ले हुन् ।
टिप्पणीहरू