सबैलाई बिदा दिएर प्रधानमन्त्री गौशालातिर

सबैलाई बिदा दिएर प्रधानमन्त्री गौशालातिर
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख दमननाथ ढुुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम सम्मान गर्नुभएको छ ।

ढुुङ्गानालाई श्रद्धाञ्जली दिन उहाँको शरीर राखिएको स्थान सानो गौचरण पुुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुुष्पगुुच्छाबाट सम्मान गर्नुभएको हो । श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई,मन्त्रीगण,विभिन्न पार्टीका नेता, कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी हुनुुहुुन्थ्यो । 

प्रधानमन्त्री ओलीले ढुुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल,अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व हुनुुभएको बताउनुुभयो । प्रधानमन्त्री ओलीले ढुुङ्गानामा मुलुुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाउनुुभयो । ढुुङ्गानाले देखाउनुुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताउनुभयो ।

मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तस्बिरहरु

टिप्पणीहरू