पूर्व सभामुखको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने विश्वास
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकार रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने बताएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै आयोगद्वारा आज जारी विज्ञप्तिमा ढुङ्गानाको योगदानको राज्यले पनि उच्च मूल्याङ्कन गर्ने विश्वास लिइएको छ ।
पूर्व सभामुखको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलन, कानून र मानव अधिकार क्षेत्रमा अपुरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको आयोगको ठहर छ । उहाँले नेपालको संविधान २०४७ को निर्माण, संसद गरिमाको रक्षा, कानून कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण सम्वद्र्धनमा पुर्याएको योगदानको कदर गरिने आयोगले जनाएको छ ।
‘मानव अधिकारको संरक्षण, सम्वद्र्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले यस आयोगसँग समेत जोडिएर गरेको कार्यको आयोग स्मरण गर्दछ । ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाको लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने विश्वासका साथै राज्यले उहाँको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू