उपसचिव हुन खोजेका इञ्जिनियरहरु रोकिए

उपसचिव हुन खोजेका इञ्जिनियरहरु रोकिए

लोक सेवा आयोगले उपसचिव पदको बढुवा स्थगित गरेको छ । आयोगले नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदको बढुवा विज्ञापन स्थगित गरिएको जनाएको छ । उच्च अदालत पाटनको आदेशपछि गत असोज ३० गते प्रकाशित बढुवाको प्रक्रिया हाललाई स्थगित भएको छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्मानित उच्च अदालत पाटनबाट रिट नं. ०८१ डब्ल्युओ–०८३९ उपर मिति २०८१–०७–१४ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट मिति २०८१–०६–३० मा प्रकाशित नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदका बढुवा सूचना र आ.प्र तर्फका विज्ञापनको दरखास्त संकलन समेतका कार्यहरु आयोगको मिति २०८१–०८–०२ को निर्णयानुसार हाललाई स्थगित गरिएको छ ।’

टिप्पणीहरू